Logo

२७ भदौ,डोल्पा । डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

गत १० भदौदेखि बेपत्ता मेजर पण्डितको शव १६औँ दिनमा हिजो (मंगलबार) त्रिपुरासुन्दरी नगरपालिका– ५ करवगाडस्थित चिन्डेबगरनजिक भेरीनदीको किनारमा फेला परेको थियो। मेजर पण्डितको मृत्युको कारण खुल्न सकेको छैन। उनको अन्त्यष्टि काठमाडौमै हुने बताइएको छ।


सम्बन्धित समाचार