![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/jhalanath-khanal-2.jpg?fit=1000%2C490&ssl=1)
२७ भदौ,जनकपुर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने टिप्पणी गरेका छन् ।
बुधबार जनकपुरधाम स्थित जनकपुर विमानस्थलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन तर्फ गम्भीर नभएमा खारेजपनि हुन सक्ने उनको भनाइ छ ।
उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुगिसक्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले घटक दल नेपाली काँग्रेस अहिले समाजवादी मोर्चालाई लिएर सशंकित रहेको भन्दै नेता खनालले समाजवादी मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे ।