Logo

फाइल तस्बिर

२८ भदौ,वीरगञ्ज । बिदाको समयमा सरकारी गाडि चलाएको भन्दै जनमत युवा संघ बाराले कलैया बाट सरकारी गाडी नियन्त्रणमा लिएको छ। जनमत युवा संघका कार्यकर्ताले सार्वजनिक बिदाका दिन सरकारी गाडीको दूरुपयोग गरेका २ वटा बोलेरो गाडी र तिन वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधन ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको छ। देशमा बढेको आर्थिक संकट र तरलता कम हुने गरि सार्वजनिक बिदाका दिन सरकारी गाडीहरु जिल्ला प्रशासन कार्यालयको पास नलिई बिनाकामले चालाउने कार्यलाई रोक्नका लागि अभियान संचालन गरेको जनमत युवा संघका अध्यक्ष बिकास सिंहले बताउँनुभयो ।

नियन्त्रण अभियानको क्रममा प्रदेश –२–०२–००१ झ –०१२६ नम्बरको बलेरो प्रदेश –२–०३–००१ झ –००१७ नम्बरको बलेरो ना– १ ब–३९४५ , ना– १ ब – ३४२३ ,ना–१ब– २४८१ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरीलाई बुझाएको थियो ।


सम्बन्धित समाचार