Logo

भदौ २८, जनकपुर। मधेश प्रदेशको राजधानीमै मिटरव्याजी पीडितको घर कब्जा गरेर बसेको करिब डेढ दशकपछि पीडितले आफ्नो घरमा प्रवेश पाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित कपिलेश्वरमा रहेको मिटरव्याजी पीडित सावित्रि कुमारी गिरिको घर ०६६ सालमै मिटरव्याजी रामबाबु साहले ११ लााख रुपैयाँ लिएको भनि उनले आफ्नो धर्मपत्नी सुदामा देवीको नाममा कपाली कागज बनाइ घरबाटै निकाली दिएका थिए ।

त्यतिबेला मधेश आन्दोलनको बलमा भु–माफिया र साहु महाजनले ऋण दिने प्रलोभन देखाइ जवर्जस्ती कपाली कागज बनाइ घर जग्गा कब्जामा लिएका थिए ।
बिहीबार जनकपुरधाम स्थित सावित्रि गिरि मिटर व्याजी पीडित संघर्ष समिति नेपाल धनुषाको आयोजनामा सावित्रि गिरि दम्पति घर प्रवेश गरेका छन् ।

सावित्रि गिरिको घरमा त्यतिबेला धनुषाकै जनकन्दनी गाउँपालिका स्थित ठाडी झिझाका विदेश पठाउने एजेन्ट उदय महराले रामबाबु साहसँग नौ लाख रुपैयाँ ऋण लिएर फरार भएपछि साहु रामबाबुले जमानीमा बसेकी सावित्रिसँग जवर्जस्ती ११ लाख रुपैयाँ लिएको भनि कपाली कागज बनाएको मिटरव्याजी पीडित सावित्रिले बताइन ।

उनले त्यतिबेला आफ्नो घर जग्गा जवर्जस्ती कब्जा गरेर घरबाट भगाएको भनि जिल्ला प्रहरी कार्यालय धनुषामा शान्ति सुरक्षा र लुटिएको घर जग्गा फिर्ता गरिदिन निवेदन दिएका थिइन् । तर त्यतिबेला प्रहरीले मिटरव्याजीसँगै मिलेर सावित्रीको श्रीमान पुरुषोत्तम गिरिलाई पक्राउ गरी कुटपीट गरेको उनको भनाई छ ।

सुरुमा रामबाबु साहले जवर्जस्ती कपाली कागज बनाएको केही महिना नवित्दै कपिलेश्वर स्थित कित्ता नम्बर ३६६ कित्ता नम्बरमा रहेको १२ धुर भन्दा बढी जग्गामा अवस्थित दुई तल्ले घरसमेत कब्जामा लिई धाकधम्की र त्रासको वातावरण सृजना गरि लखेटेको पिडित सावित्रीको भनाई छ ।

मिटरवयाजी अनुचित लेनदेनसम्बन्धी बिधेयक आएपछि उनले पुनः गृह मन्त्रालयमै गएर उजुरी दिएकी थिइन् । सो उजुरी उपर कानुनी प्रक्रिया अघि बढिरहदा पिडितकै नाममा जग्गाजमिन र घरको मिटरसमेत उनकै नाममा रहेपछि मिटरव्याजी पिडित संघर्ष समिती धनुषाको अगुवाईमा सावित्री दम्पती घर प्रवेश गरेका हुन ।

मिटर व्याजीले कब्जामा लिएको आफ्नो घरमा प्रवेश पाउँद निकै खुसी महसुस भएको उनले बताइन् ।


सम्बन्धित समाचार