Logo

२९ भदौ,जनकपुर । जनकपुरधाममा सडक निर्माणको क्रममा रहेका खाल्डोमा परेर एक बालकको मृत्यू भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ स्थित लोहनाको हजाम टोल बस्ने रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको सडकमा रहेको खाल्डोमा खसेर मृत्यु भएको हो ।

आज विहान खेलिरहेका रोहन घर अगाडिको सडकको छेउमै रहेको नाला तथा ढलको चेम्बरलाई खुलारुपमा छाडिएको छ । सो चैम्बरमै खसेका थिए । आफन्तजनले खोजतलास गर्ने क्रममा सो खाल्डोमा खसेको फेला परेका थिए ।

टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटिएको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नाला तथा ढलका लागि बनाइएको चेम्बरलाई खुलारुपमा छाडिएको थियो । चैम्बरमाथि स्लैब नदिँदा यस्तो परिणाम भएको स्थानीय अमृता मण्डलले भनिन् ।


सम्बन्धित समाचार