Logo

२९ भदौ,पर्सागढि । बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने मुल नारा सहित ५९ औं राष्ट्रिय बालदिवस पर्साको ग्रामीण भेगमा रहेका सामुदायिक तथा निजि विद्यालयमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

पर्सागढि नगरपालिका वडा नं. ३ मा रहेको भुपु सैनिक बोर्डिङ्ग स्कुलले आज बालदिवसको अवसरमा ¥याली निकालेको छ । विद्यालयको प्राङ्गणबाट निकालिएको र्‍यालीमा विद्यार्थीले बाल हिंसा बन्द गर, बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गर, बालबालिकाको हक अधिकार सुनिश्चित गर जस्ता नारा लेखेर प्लेकार्ड सहित बडनिहार बजार परिक्रमा गरेका थिए ।

र्‍यालीमा शिक्षक, विद्यार्थी तथा ब्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै जनता मावी पकडिया बडनिहार, पर्सा रेम्बो बोडिङ्ग स्कुल लगायत ग्रामीण भेगमा रहेका निजि तथा सामुदायिक विद्यालयले विद्यालयकै प्राङ्गणमा बालदिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन् ।


सम्बन्धित समाचार