Logo

२९ भदौ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार स्थित श्री नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विद्यालयमा पनि बाल दिवसको अवसरमा कक्षा ९ कि सोनी गुप्ता एक दिनको लागि प्रधानाध्यापक बनेकी छिन ।

विद्यालयको महत्वपूर्ण काम बहेक अरु सबै जिम्मेवारी एक दिनको लागि उनलाई दिइएको हो । गुप्ताको सभापतित्वमा दिवसको अवसरमा विद्यालयको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा छ देखि कक्षा एघार सम्मका चौविस जना बिद्यार्थीहरु सहभागी भएका थिए ।

त्यस्तै बालकक्षा देखि कक्षा पाँच सम्मका बालबालिकालाई उनीहरुको रुचि अनुसार विभिन्न बालमैत्री खेल खेलाइएको र बिजेताहरुलाई पुरस्कर, मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिनुभयो ।

बालबालिकाको ब्यक्तित्व विकासका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाले प्रत्येक बालबालिका ठूलो रूपमा परिवार र समाजको लागि बहुमूल्य उपहार भएको जानकारी दिनुभयो । विद्यालयमा बिना भेदभाव बालबालिकाको उपस्थितिले खुशीको प्रतिनिधित्व गर्नेमा जोड दिनुभएको छ ।


सम्बन्धित समाचार