Logo

२९ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले १ लाख बजार मूल्य बराबरको चिनी बरामद गरेको छ । भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले १ हजार किलोग्राम चिनी बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीको टोलीले भन्सार छली गरी ल्याउँदै गरेको चिनी बीरगन्जबाट पक्राउ गरेको हो ।

पर्सा प्रहरीले २० बोरा चिनी बरामद गरेको हो । एक बोरामा ५० किलोग्राम चिनी रहेको प्रहरीले जनाएको छ । बरामद चिनी आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जनाए ।


सम्बन्धित समाचार