Logo

२९ भदौ,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका कार्यालय अगाडि सरकारले ल्याउन थालेको शिक्षा विद्येयक २०८० को प्रतिलिपि जलाइएको छ । पर्सागढि अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाले प्रतिलिपी जलाएका हुन् ।

केन्द्रीय आन्दोलन परिचालन समिति र नेपाल शिक्षक महासघको निर्देशन अनुसार स्थानीय आन्दोलन परिचालन समिति पर्सागढिका संयोजक राजेन्द्र प्रसाद थारुको नेतृत्वमा गएका शिक्षकहरुको टोलीले उक्त प्रतिलिपि जलाएका हुन् ।

नेपाल शिक्षक महासंघ पर्सागढिका संयोजक रामबहादुर चौधरीले सरकारले ल्याउन लागेको शिक्षा विद्येयक तत्काल खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । सो क्रममा उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।
यस्तै ठोरीका सामुदायिक विद्यालयका शिक्षकहरुले आज प्रस्तावित शिक्षा विधेयकको प्रति जलाएका छन् । सरकारले प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा ऐन २०८० को विरोध गर्दै ठोरी गापा कार्यालय अगाडी भेला भएका शिक्षकले विधेयकको प्रति जलाएका हुन् ।

नेपाल शिक्षक महासंघको अगुवाईमा गाउँ कार्यपालिका कार्यालय घ्याङडाँडा अघि भेला भएका शिक्षकहरुले ऐनको विरोधमा नाराबाजी समेत गरेका थिए । शिक्षकमारा विधेयक संसोधनको माग राख्दै माग सम्बोधन नभएसम्म आफुहरु आन्दोलनबाट पछि नहट्ने शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी असोज ३ देखि हुने सडक आन्दोलनमा सहभागी हुन समेत अध्यक्ष श्रेष्ठले ठोरीका सम्पुर्ण शिक्षकसंग आग्रह समेत गर्नुभएको छ । आगामी असोज ३ गतेदेखि देशभरमा सामुदायिक विद्यालय बन्द गरेर नेपाल शिक्षक महासंघको अगुवाईमा काठमाडौंमा सडक आन्दोलन हुँदैछ । सो आन्दोलनमा ठोरीबाट अधिकतम शिक्षक सहभागी हुने महासंघ ठोरीले निर्णय गरिसकेको छ ।
त्यस्तै जिराभवानी गाउँपालिकाका शिक्षकले पनि विद्येयकको प्रतिलिपि जलाएका छन् ।

 


सम्बन्धित समाचार