Logo

२९ भदौ,काठमाडौं । न्याय परिषदले उच्च अदालतमा रिक्त रहेका ठाउँमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
न्याय परिषदको आज बसेको बैठकले पर्सासहित देशभरिका २७ जना न्यायाधीशलाई उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
लामो समयदेखि रिक्त रहेका पदमा न्याय परिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जनाए ।
न्याय परिषदको बैठकले पर्सा जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेललाई उच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
उनीसंगै स्याङजा, तनँहु, बाँके, धनुषा, मकवानपुरका गरी २७ जना न्यायाधीशको उच्च अदालतमा नियुक्तिको सिफारिस भएको न्याय परिषदका प्रवक्ता कार्की बताउँछन् । सफारिश भएका न्यायाधीहरुको नियुक्ति प्रधानन्यायाधीशले गर्ने प्रवाधान छ ।
योसंगै न्याय परिषदको बैठकले देशभरिबाट उच्चका ३४ र जिल्ला अदालतका २६ जना न्यायाधीशहरको सरुवा पनि निकालेको छ ।

(हेर्नुहोस् न्यायपरिषद्को निर्णय)


सम्बन्धित समाचार