Logo

३० भदौ,वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले एक युवकको उद्दार गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा रानी पोखरीबाट शाखाले १७ वर्षीय गंगा दासको शनिबार बिहान उद्धार गरिएको हो ।

मानसिक स्वास्थ्य कमजोर भएका युवकलाई बेवारिसे अवस्थाबाट उद्धार गरिएको आश्रमले जनाएको छ । उद्दार गरिएका दासलाई वीरगञ्ज– २५ सिर्सियास्थित शाखामा राखिएको आश्रमका मधेश प्रदेश शाखा संयोजक देवेश गुप्ताले जनाए । गुप्ताका अनुसार दासको ठेगाना खुल्न सकेको छैन ।

वडा प्रहरी कार्यालय श्रीपुर र स्थानियहरुको सहयोगमा दासको उद्दार गरिएको आश्रमले जनाएको छ । आश्रमका अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारुले उनको ठेगाना पत्ता लगाउन सहयोग गरिदिन आग्रह गरेका छन् ।


सम्बन्धित समाचार