Logo

३० भदौ,जनकपुर । नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशले जनकपुरधाममा सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने अभियानलाई निरन्तरता दिएको छ ।

शनिबार जनकपुरधाम स्थित भानु चोकमा विदाको दिनमा सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिई राष्ट्रिय युवा संघले धनुषा ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।

मधेश प्रदेशको राजधानी भएयतादेखि नै व्यापकरुपमा सरकारी सवारीसाधनको दुरुपयोग बढेकाले संघका मधेश प्रदेशका अध्यक्ष लव अधिकारीको नेतृत्वमा गत शनिबारदेखि नै अभियान सञ्चालन गरि भण्डाफोरसँगै सरकारी गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुझाउने गरेको छ ।

अध्यक्ष अधिकारीले करिब १५ मिनेटको अन्तरालमा आधा दर्जन भन्दा बढी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको जनाउँदै उनले सबै सरकारी गाडी ट्राफिक प्रहरीलाई बुझाएको बताए ।

गत शनिबार एक घन्टाको अन्तरालमा १२ वटा गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको थियो ।
यस अभियानलाई प्रभावकारी बनाउँदै लगेपछि सरकारी सवारीसाधन दुरुपयोमा कमी हुन थालेको उनले बताए ।


सम्बन्धित समाचार