Logo

३० भदौ,वीरगञ्ज । रोट्री क्लब अफ वीरगन्ज मेट्रोपोलिसले आज निशुल्क आँखा शिविर आयोजना गरेको छ । बिन्दबासीनी गाँउपालिका वडा–१ श्री नेपाल माध्यमिक विद्यालय गर्दौल पर्सामा भएको शिविरमा तीन सय २३ जना भन्दा बढीलाई आँखा परिक्षण गरिएको छ ।

सो क्रममा ७१ जनामा मोतियाबिन्दु निस्केको वीरगञ्ज आँखा तथा दाँत अस्पतालका म्यानेजर आशिफ अलिले बताए । शिविरमा मोतियाबिन्दु फेला परेकालाई आगामी असोज ६ गते शनिवारको दिन वीरगञ्ज आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिजे रोट्री क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष हरि गोपाल श्रेष्ठले जनाए ।

शिविरमा रोट्री क्लब अफ वीरगन्ज मेट्रोपोलिसका सचिव मुकेश मितल, बिन्दवासीनी गाँउपालिका वडा–१ का अध्यक्ष मुक्तिनाथ राउत, डा. पनालाल दास, रोटेरियन चन्दन सिंह, रोटेरियन अनिल जैसवाल, रोटेरियन शशि रंजन कलवार, रोट्रयाक्ट क्लव अफ वीरगञ्ज मेट्रोपेलिसका सह कोषाध्यक्ष आनन्द साह र वीरगञ्ज आँखा तथा दात अस्पतालका प्राविधिकको उपस्थित थियो ।


सम्बन्धित समाचार