Logo

३० भदौ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहित मन्त्रिपरिषद् सदस्य र विशिष्ट व्यक्तित्व पुग्नुभएको थियो ।

आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार