Logo

३० भदौ,वीरगञ्ज । नेपाल मानव धर्म सेवा समिती वीरगञ्जको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव धर्म सेवा समिती भिस्वा वडा नं. १५ द्वारा आयोजित कार्यक्रममा १८ जना पुरुषले रक्तदान गरेका छन् ।

कार्यक्रममा महात्मा ज्ञानपुष्नंद, कुनाल जैसवार, सुजीत कुमार साह, महम्मद मासुम आलम, शेख अफताब, महेश कुमार उदास, दिपेन्द्र साह तेली, अभिषेक रौनियार, क्रिस कुमार ठकुरीले रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगञ्जका सरोज कुमार पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन वडा नं. १५ भिस्वाका वडा सदस्य जितेन्द्र कुमार सर्राफले गर्नुभएको थियो । रक्तदान कार्यक्रम समितिका अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।


सम्बन्धित समाचार