Logo

३१ भदौ,वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुर भ्रमणको कार्यक्रम तय भएको छ ।यही असोज ८ गते राष्ट्रपति पौडेल जनकपुरधाम भ्रमणको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी गराएका हुन् ।नेता निधिले राष्ट्रपति पौडेलको जनकपुर भ्रमण विशुद्ध धार्मिक भ्रमण रहेको जनाएका छन् । त्यसक्रममा राष्ट्रपति पौडेलले जनकपुरधाममा जानकी मन्दिर दर्शन र पूजापाठ गर्नेछन् ।

धार्मिक कार्यक्रम पश्चात नागरिक अभिनन्दनको पनि कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत नेता निधिले जनाए ।
भ्रमणका बारेमा थप छलफल गर्नका लागि असोज २ गते मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठक डाँकिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

 


सम्बन्धित समाचार