Logo

३१ भदौ, वीरगञ्ज । अवैध रुपमा भारतबाट पैठारी गरी नवलपरासीको सुस्ताबाट काठमाडौं जादै गरेको ७ लाख मूल्य बरावरको माछा चितवनको रामनगर स्थित पशुक्वारेन्टाइनले नियन्त्रणमा लिएको छ ।

नेपाली बजारबाट उत्पादन हुन नसक्ने माछालाई नवलपरासीमा उत्पादन गरेका भन्दै नवलपरासीको प्रतापपुर सिमली ठेगना उल्लेख भएको सुजु एण्ड समिक्षा सप्लायर्सले काठमाडौंमा विक्रिगर्न लैजान लागेको अवस्थामा चितवन माछा व्यावसायी संघको अनुरोधमा क्वारेन्टाइनले नियन्त्रणमा लिएको हो ।

“रुपचन्दा” जातको माछालाई “रहु” जातको भनेर भेटनरी गराई काठमाडौ लैजाने क्रममा लु ३ च नम्वरको बलेरो गाडीमा लोड गरेर राखिएको २ हजार केजी माछा चितवनको रामनगर स्थित पशुक्वारेन्टाइनले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको क्वारेन्टाईन कार्यालय चितवनका प्रमुख डा.सिरिस गौतमले बताए ।

चितवन माछा व्यवसायी संघका अध्यक्ष अर्जुन लामिछाने र उपाध्यक्ष हरी अर्यालयको नेतृत्वमा रहेको व्यवसायीहरुको सूचनाको आधारमा क्वारेन्टाईनले उक्त माछा नियन्त्रणमा लिएको क्वारेन्टाईन प्रमुख गौतमले जानकारी दिएका छन् ।

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नंं २ सिमलीको ठेगना उल्लेखगरी उक्त परिणामको माछा खरिद गरको विल र त्यसको भेटनरी कागजपत्र रहेको भएपनि भेटनरीमा उल्लेख भएको रहु माछा नभएर भारतमा पाइने “रुपचन्दा” माछा गाडीमा फेला परेकोले अवैध रुपमा नेपाल भित्रिएको माछा भएको हुन सक्ने क्वारेन्टाईन प्रमुख गौतमको भनाई छ ।

माछा व्यवसायी संघ चितवनका उपाध्यक्ष हरी अर्यालका अनुसार “रुपचन्दा” जातको माछा नेपालमा व्यवसायी रुपमा उत्पादन हुने गरेको छैन । नेपालमा उत्पादन नभएको माछा व्यवसायी रुपमा कारोवार नभएको अवस्थामा नवलपरासीबाट काठमाडौ जादै गरेको गाडीमा चेकजाँच गर्दा फेला परेकोले रोकेर कार्वाही गर्न चितवन पशु क्वारेन्टाईन कार्यालयलाई अनुरोध गरेको अर्यालले बताए ।

उक्त माछा काठमाडौं लैजाने सुजु एण्ड समिक्षा सप्लार्यसका प्रमुख संजय कुमार श्रेष्ठ सम्पर्कमा नआएकोले गाडी चालक र सहचाकल सहित गाडीलाई नियन्त्रणमा राखिएको क्वारेन्टाईन प्रमुख गौतमको भनाई छ । उक्त माछा सहितको गाडीलाई भंसार पठाउने की नष्ट गर्ने भन्ने विषयमा छलफल चलिरहेको गौतमले बताए ।


सम्बन्धित समाचार