Logo

३१ भाद्र, बारा । बाराको जीतपुरमा ११ बर्ष देखि भाद्र शुक्लपक्षको चतुर्थी दिन लाग्दै आएको गणेश चतुर्थी पुजा महोत्सव यस बर्ष पनि लाग्ने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा मङ्गलबार देखि माटोले भब्य रुपमा बनाईएको गणेश भगवानको प्रतिमा पुजा हुने गणेश चतुर्थी महोत्सव पुजा समितीले जनाएको छ ।

गणेश चतुर्थि पुजा समिति जीतपुरले पत्रकार सम्मेलनको आयोजना गरी पुजाको बिषयमा जानकारी दिएको हो । पुजा समितीका अध्यक्ष श्रीराम साह कानुले गणेश चतुर्थि पुजा मङ्गलबार देखि सुरु भई एक हप्ता सम्म चल्ने जानकारी दिनुभयो ।

गत साल २ सय ६१ किलोको लड्डु बनाईएको थियो भने यस बर्ष २ सय ७१ किलोको लड्डु बनाईने पुजा समितीका अध्यक्ष कानुले बताउँनुभयो । पुजा अवधिभरी करिब ७ लाख रुपैयासम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

पुजा समितीका अध्यक्ष कानुले अहिले सम्म चन्दा स्वरुप रु २ लाख मात्र संकलन भएको जानकारी दिनुभयो । उहाँले पुजामा अढाई क्वीन्टल दुधको खिर बनाई प्रसाद स्वरुप बितरण हुने बताउँनुभयो । जितपुरसिमरा उपममहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिल गुप्ताले पुजालाई आवश्यक सहयोग गर्न तयार रहेको बताउँनुभयो ।

वडा अध्यक्ष गुप्ताले आर्थिक अभावमा पुजालाई फितलो हुन नदिने बचनवद्धता गनुृभयो । त्यस्तै निबर्तमान वडा अध्यक्ष रामबाबु गुप्ताले पुजा समितीको मनोबल बढाउँन आफनो साथ र सहयोग रहने जानकारी दिनुभयो ।

गणेश चतुर्थि पुजामा असोज ४ र ६ गते बिशेष झाँकी रहने पुजा समितीले जनाएको छ । पुजाको पहिलो दिन हात्ती घोडा सहित भब्य रुपमा शोभा यात्रा निकाल्नी जीतपुर परिक्रममा गरिने पुजा समितिले जनाएको छ । पत्रकार सम्मेलनमा वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता, पूर्व वडाध्यक्ष रामबाबु गुप्ता, नगरउधोग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष मनोज कुमार गुप्ता, युवा नेता अफताब आलम ,समाजसेवी मुरारीराज पुरी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

गणेश चतुर्थि अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ ।

यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनाई नै छ, “शुभ कार्यको श्री गणेश गर्ने“। शुभकार्यको शुभारम्भ गर्दा त्येस्तै पुजा आराधना गर्दा सबैभन्दा पहिला पूजाअर्चना गर्ने श्री गणेशको जन्मदिन विशेष रुपमा गणेश चतुर्थी पर्व मनाउने परम्परा रहिआएको छ ।


सम्बन्धित समाचार