Logo

३१ भदौ, पर्सा । कानूनले तोकेको सिमाअवधि भन्दा झण्डै तीन महिना पछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट आइतवार सार्वजनिक गरेको छ ।

गाउँपालिकाको प्राङ्गणमा आइतबार विहान १० बजे सुरु भएको पालिकाको ११ औं गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ बजेट र नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको हो ।

पालिकाको चालू आर्थिक वर्षको अनुमानित कुल बजेट ६३ करोड २९ लाख ९६ हजार २ दुई सय २५ रुपैयाको बजेट पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले सार्वजनिक गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्षह्रु वासुदेव महतो, मोजामिल अंसारी, असेश्वर यादव, लगाएत वडा सदस्य तथा कार्यपालिका सदस्य, स्थानीय पत्रकार र स्थानीय सुरक्षा कर्मी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको समाजिक विकास शाखा प्रमुख विनोद यादवले जनाकारी दिएका छन् ।

कार्यक्रममा गाउँ पालिकाको प्रशासनिक भवन निर्माण सर्बजनिक जग्गाको अतिक्रमण रोकने र संरक्षण गर्ने, पालिकाको मुल सडक कालोपत्रे गर्ने, विद्यार्थी अनुपातमा स्वेमसेवक शिक्षकको अनुदान विद्यालयलाई दिने,पालिकाको जनतालाई निःशुल्क एमबुलेन्स सेवा उपलब्ध गराउने, किसानलाई स्काभेटर निशुल्क दिने, पालिलाको पचगावामा आधरभुत स्वास्थ चौकी १५ सैयाको निर्माण गर्ने , सर्प दंसक र कुकुरको टोकाई बाट घाइतेको निःशुल्क उपचार गर्ने, जमुनिया खोलाको टेन्डर गरि आन्तरिक स्रोत बढाउने गाउँसभाले निर्णय गरेको छ ।

त्यसैगरी खानेपानी, सिचाई, सडक, स्वास्थ सुरक्षामा पालिका प्रमुखले केही उदेश्य राखी बजेट बिनियोजन गरेको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले बताएका छन् ।

कार्यक्रम पालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ग्रामीण पत्रकार प्रमोद यादव, रामकिशोर चौधरी, चिरञ्जीवी यादव, बलिराम शुक्ला लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष र केही कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थिएन ।


सम्बन्धित समाचार