Logo

१ असोज,वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ। यसअघि यो मुद्दा पटक(पटक पेसी चढ्ने अनि स्थगित हुने हुँदै आएको छ।

लामिछानेले नाबालिगलाई फकाएर घुम्न लैजान प्रस्ताव राख्दै जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको छ। सोमबार भने एक न्यायाधीश बिदामा बसेपछि लामिछानेको मुद्दा स्थगित गराइएको हो।

गोला प्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको भए पनि कुनै न्यायाधीश बिदामा रहँदा उसको परेको पेसी स्थगित गरिने गर्छ। त्यही कारण सन्दीपको मुद्दा पनि बिदामा रहेका न्यायाधीशकोमा गोलाबाट पेसी परेपछि स्थगित भएको हो।

सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा पेसी तोकिएको थियो। उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएको हो।


सम्बन्धित समाचार