Logo

फाइल तस्बिर

२ असोज,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट लाखौँ मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज महानगरपालिका १६ नगवास्थित सीमा इलाकाबाट १० लाख रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो ।

सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले १० बोरा लत्ताकपडा बरामद गरेको हो । भारतबाट अवैध रूपले १० वटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका अवस्थामा लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ ।

तस्कर भने प्रहरी टोलीलाई देख्नासाथ लत्ताकपडा छाडेर साइकल लिई फरार भएका छन् । बरामद लत्ताकपडा वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार