![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/20230919_175244.png?fit=1200%2C668&ssl=1)
२ असोज, पर्सागढि । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधनप्रति नेकपा एमाले पर्सागढि नगर कमिटिले आज श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । पर्साको पर्सागढी नगरपालिका ३ बडनिहारमा नेकपा एमाले पर्सागढि नगर कमिटि सचिब रामबहादुर प्रसाद चौधरिको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संघियता र गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङको कमि महसुस हुने बताउनुभयो । उहाँले सहमति र सहकार्यबिच राजनिती गर्ने नेता नेम्वाङ सत्ता र शक्तिको कहिले पनि दुरुपयोग नगर्ने राष्ट्रको नेता रहेको जानकारी दिनुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा पर्सागढि नगरपालिका नगरप्रमुख तथा नेकपा एमाले प्रदेश कमिटि सदस्य गोकर्ण पाठक, नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधि धर्मदेव पंजियार, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बिक्रम कार्की, नेकपा समाजवादी पार्टीका नगर सचिव अरुण प्रकाश रेग्मी, नेकपा माओवादी पार्टीका प्रतिनिधि बलराम आचार्यले नेम्वाङले देश र जनताप्रति खेलेको भुमिकाबारे मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभाको सहजीकरण टिकाराम पौडेलले गर्नुभएको हो ।