Logo

३ असोज, वीरगञ्ज । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बारा कलैयाका सुन व्यवसायी शिवकुमार सरार्फले सुनचाँदी ब्यवसायी संघका अधिकांश पदाधिकारीले अवैध मार्गबाट भएर आएको तस्करीको सुन किन्ने गरेको खुलासा गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)मा शिवकुमार सरार्फले गरेको बयानमा सुनचाँदी संघका अधिकांश पदाधिकारीले तस्करीबाट आएको सुन खरिद गरेको बताएका छन् ।

शिवकुमार सर्राफ नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष र सुनचाँदी व्यवसायी संघ बाराको अध्यक्ष हुन् । बुटवल घर भएका सुमन खरेलसँग सर्राफले सुन किन्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

चिनियाँ सुन तस्कर याओ पुचेङ्गले दिएको सुन खरेलमार्फत सर्राफले खरिद गरेका हुन् । सुमनसँग तस्करीको सुन किनेको कुरा सर्राफले बयानमा स्विकार गरेका छन् । सरकारले सुनमा कोटा प्रणाली लागु गरेको र बजारमाग अनुसार सुन उपलब्ध नभएपछि तस्करी मार्फत आएको सुन किन्न बाध्य हुनु परेको उनको जिकिर छ । े

तराईका अधिकांश जिल्लाका सुनचाँदी व्यवसायी संघका अध्यक्षहरुले बैकसँग खरिद गरेको सुन र अवैध मार्गभएर भित्रिएको सुन भारत पठाउने गर्दछन् । वीरगञ्ज देखि विराटनगरका ठूला सुन व्यवसायी र संघका पदाधिकारीको धन्दा नै सुन भारत तर्फ तस्करी गराउनु रहेको साना सुन व्यवासायीको भनाई छ ।

कलैयाका शिवकुमार जस्तै वीरगञ्जका भुलन साह सरार्फको काम पनि तस्करसँग सुन खरिद गर्ने र भारत पठाउने हो । उनलाई भने प्रहरीले पक्राउ गरेको छैन । भुलनले प्रहरीको जिल्ला देखि सिआईवी सम्मको नेटर्वकमा सम्पर्कमा रहेर काम गरेकोले प्रहरीको पक्राउ लिष्टमा आफू नपरेको बताउदै हिडने गरेका छन् ।

काठमाडौंको रातोपुल र कालोपुलमा खरेलसँग भेटेर उनले सुन खरिद गरेका हुन् । सिआईबीका अनुसन्धान अधिकृतहरुसँगको बयानमा सर्राफले भनेका छन्–‘मैले सुमन खरेललाई काठमाडौंको रातोपुल र कालोपुलमा भेटी निजबाट ५ सय ग्राम सुन लिएको हुँ ।’

सुन बापत २०८० वैशाख र जेष्ठमा दुईपटक गरेर सर्राफले ४४ लाख नगद भुक्तानी दिएको सरार्फले बयानमा खुलाएका छन् । सर्राफले आधा किलो मात्रै सुन किनेको स्विकार गरेपनि खरेलले चाहिँ उनलाई ७ केजी सुन दिएको बताएका छन् ।

खरेलसँग किनेको सुन तस्करी गरेर विदेशबाट पैठारी गरेको कुरा केन्द्रिय अनुसन्धान ब्युरोले आफुलाई पक्राउ गरेपछि मात्र थाहा भएको सर्राफले जिकिर गरेका छन् । सर्राफ भदौ २२ मा पक्राउ परेका हुन् । सर्राफले गढीमाई ज्वेलरी उद्योग र शिबम ज्वेलर्स संचालन गरेका छन् । उनिबिरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ ।

सुन तस्करीमा सुनचाँदी व्यापारीहरु नै संलग्न रहेको यसअघिका अनुसन्धानबाट पनि खुलेको थियो । ३३ किलो सुन प्रकरणमा राजेन्द्र शाक्य पक्राउ परेका थिए । २०७४ चैत ३० मा पक्राउ परेका शाक्य आरके ज्वेलर्सका संचालक हुन् । उनिबिरुद्ध प्रहरीले दुबईबाट ३३ किलो सुन तस्करी गरेर काठमाडौं ल्याएको प्रकरणमा मुद्धा चलाएको थियो । सो प्रकरणमा सुनका भरिया सनम शाक्यलाई तस्करहरुले हत्या गरेका थिए ।

सुनको अवैध व्यापारमा संलग्न यी सुन व्यवसायीको कारोवार माथि प्रहरीले अनुसन्धान गर्छ त ? विराटनगर, वीरगञ्ज र जनकपुरका सुन कारोवारीको लिष्ट


सम्बन्धित समाचार