Logo

३ असोज,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्ज पुर्वपश्चिम लोकमार्गमा आज विहान सवारी दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । निजगढबाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज ३८४७ नम्बरको सुमोको अचानक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते ८ जना मध्ये १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा निजगढ ८ निवासी बिकास कुमार चौधरी, नेथुलाल चौधरी, सजियादेवी चौधरी, आदित्य भण्डारी, सुमित्रा पौडेल न्यौपाने, सारान्स न्यौपाने समान्य घाईते भएको प्रहरीले जनाएको छ । समान्य घाईतेहरुको स्थानिय कार्की मेडिकलमा उपचार भईरहेको छ ।

दुर्घटनामा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुआका आरति तामाङ्गलाई शरिरको विभिन्न भागमा चोट लागेको छ । यस्तै सिन्धुलिको दुधौली ९ का किसान पोख्रेलको टाउकोमा चोट लागेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते तामाङ्ग र पोख्रेलको वीरगन्ज स्थित एल.एस. न्युरोमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सुमो चालक निजगढ ९ निवासी दिल बहादुर मगर प्रहरी नियन्त्रणमा रहेको र यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले एक प्रेस नोट जारी गरी जानकारी दिएको छ ।


सम्बन्धित समाचार