Logo

वीरगञ्ज-रक्सौल दशगजा क्षेत्र मितेरी पुलमा भारतीय सुरक्षा बल एसएसवीले राखेको चेकपोष्ट : तस्विर विशाल पटेल

३ असाेज, वीरगञ्ज । भारतीय सुरक्षा बल एसएसबीले नेपाल भारत सिमाको दशगजा क्षेत्रमा चेक पोष्ट राखेको छ ।

नेपालले संविधान दिवस मनाई रहदा भारतीय सुरक्षा वल एसएसबीले भने आज बिहान नेपालको प्रमुख प्रवेशद्वार बीरगन्जको मितेरीपुलमा चेक पोष्ट खडा गरेको हो । नेपाली अधिकारीहरु संविधान दिवसको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरुमा सहभागी भइ रहँदा एसएसबीले आफ्नो चेक पोष्ट मितेरी पुलको बारी पट्टीकै भागमा स्थापना गरेको हो ।

भारतीय अधिकारीहरुका अनुसार चेक पोष्टमा सिमा सुरक्षाकल एसएसबी फ्रण्ट लाइनमा रहने गाईड लाईन पुरानै रहेको छ । तर यसभन्दा पहिला मितेरी पुलमा एसएसबीको चेक पोष्ट थिएन । उनीहरुका अनुसार पछिल्लो पटक केन्द्रिय सरकारको परिपत्र आए अनुसार नै मितेरी पुलमा चेक पोष्ट स्थापना गरिएको हो ।

मितेरी पुलमा भारतीय पक्षले चेक पोष्ट स्थापना गरको जानकारी प्राप्त हुन साथ पुगेको नेपाली टोलीले अन्तराष्ट्रिय सिमा सम्बन्धि कानुन अनुसार नै चेक पोष्ट स्थापना गर्न भारतीय अधिकारीहरुसँग कुराकानी गरेका छन् । तथापि एसएसबीले मितेरी पुलको मध्य भागमै चेक पोष्ट स्थापना गरेको छ । अब नेपालबाट भारत जाने सबै सवारी साधन एवं यात्रुहरुको चेक पोष्ट नजिकै चेकिङ्ग हुने भारतीय अधिकारीहरुले बताएका छन् ।

सशस्त्र प्रहरी बल हेडक्वाटर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले पोष्ट खडा गरेको हैन, चेकजाँचका लागि टेबल कुर्सी मात्र राखिएको बताउनुभयो । चाडपर्व लक्षित सुरुक्षालाई मध्यनजर गर्दै चेकजाँच सुरु गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी गएपछि भारतीय एसएसबीले १० मिटर भारततर्फ चेकप्वान्ट सारेको कर्मचार्यले जानकारी दिनुभयो । एसएसबीका कमान्डेन्ट बिकास कुमारले माथिल्लो निकायले सिमामा सुरुक्षा, चेकजाँच कडा पार्न पत्राचार गरेपछि सोही अनुसार चेकप्वान्ट राखेर सुरक्षा जाच सुरु गरिएको बताएको कर्मचार्यले बताउनुभयो ।

एपीएफले पनि भारतीय राखेको चेकप्वान्टदेखि नेपालतर्फको भागमा एपिएफको हेल्प डेस्क स्थापना गर्ने तयारी गरिएको कर्मचार्यको भनाइ छ ।


सम्बन्धित समाचार