Logo

३ असोज,वीरगञ्ज । पर्सामा हत्याका घटना एकपछि अर्को बढ्दै गएका छन् । एकै दिनमा २ जनाको हत्याको घटनाले जिल्लामा तरंग मात्रै होइन हलचल नै पैदा गरेको छ ।

गाउँदेखि सदरमुकामसम्म हत्याका छ्यापछयाप्ती घटना भएका छन् । सदरमुकाम र गाउँ गरी मंगलबार मात्रै २ जनाको हत्या भएको घटना बाहिर आएको छ ।
हत्याका पहिलो घटना, वीरगञ्ज ३ छपकैयामा भयो ।

एकाविहानै आएको घटना सुरुमा त्यति गम्भीर थिएन जतिखेरसम्म यसको अन्य पाटोको उजागर भएको थिएन् ।

सत्यतथ्य उजागर भएपछि घटनाबारे वास्तविकता मात्रै बाहिर आएन, प्रहरी अनुसन्धान पनि फेरियो । अर्थात् प्रहरी अनुसन्धानले नयाँ ‘मोड’ लियो । त्यसपछि प्रहरीले गर्न थाल्यो– यो घटनाको मिहिन ढंगले अनुसन्धान ।

त्यसक्रममा प्रहरीले थाल्यो – फेला परेको बेवारिसे शवबारे सनाखत । यो दौरान देशभरका प्रहरीलाई खबर हुने गरी त्यसको हुलियाबारे पत्राचार गरियो जसबाट– यो मान्छे कहाँको हो ? कँही हराएको त निवेदन परेको छैन् जस्ता प्रश्नको जिज्ञासा लिन प्रयास होे ।

यहीबाट पुष्टि गर्न काफी छ– प्रहरी अनुसन्धान नयाँ ‘मोड’बारे । तर अझै पनि प्रहरीले भने यो घटनालाई आत्महत्याकै संज्ञा दिइरहेको छ ।

छपकैयाँबाट फेला यो घटनाले प्रहरी अनुसन्धानमाथि चौतर्फी दबाब दिइरहँदाकै बखत अर्को त्यो घटना भन्दा दर्दनाक तरिकाले भएको अर्को हत्यका घटना सनसनीपूर्णरुपमा आयो । जसकारण जिल्लामा हलचल ल्यायो, मान्छे भयभीत भए ।

त्यो घटना हो, जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीको । जहाँकी ४० वर्षीया कान्ति देवी मुखिया बिनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटि हत्या भयो । उनको शव पनि अर्धनग्न अवस्थामै भेट्यिो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक बिनको टाउँकोमा चोट लागेको पाइएको छ । घटनास्थलबाट भने एउटा बाँसको भाठा पनि भेटिएको छ जसले नै प्रहार गरी हत्या गरिएको अनुमान प्रहरीको छ ।

दुई छोरा र ३ छोरीकी आमा हुन् बिन । जसमध्ये सबै छोरीहरूको विवाह भइसकेको छ । यता छोरा पनि दुइवटै बाहिर छन् । एक जना छोरा विदेशमा र अर्को हेटौँडा बस्दै आएको खुलेको प्रहरी बताउँछ ।

एउटै समयमा घटना

वीरगञ्जमा फेला परेको शवले जति तरंग पैदा गरेको थिएन त्यो भन्दा बढी जगरनाथपुर गाउँपालिकामा भएको घटनाले पैदा ग¥यो । अर्थात् वीरगञ्जमा फेला परेको शव जति रहस्यमय थियो त्यही अनुपातमा यो घटनाको १२ घण्टा पछाडि फेला परेको ती महिलाको शवले प्रश्नवाचक चिन्ह खडा गरिदिएको छ ।

प्रहरी स्रोतका अनुसार मृतक बिनको हत्या राती नै भएको देखिन्छ । प्रहरी स्रोतले जगरनाथपुरमा भएको घटना राती ११÷१२ बजेतरि नै भएको जनायो । कारण–प्रहरी बरामदी मुचुल्का उठाउँदा राती नै हत्या भएको शवको प्रकृतिले देखायो ।

प्रहरी अनुसन्धानमा संलग्नहरु भन्छन्– ‘तत्कालै फेला परेको शव र हत्या गरी राखेको शवमा धेरै फरक हुन्छ, जुन हामीले अनुसन्धान गर्दा यो राती नै हत्या भएको पायौं ।’

यता वीरगञ्ज छपकैयाँबाट पनि फेला परेको तत्काल मृत्यु नभएको प्रहरी बताउँछ । पर्सा प्रहरी प्रमुख कोमल शाहले बेवारिसे अवस्थामा फेला परेको ती युवकको पनिक करिब १२/१ बजेतरि भएको हुन सक्ने जनाए । उनका अनुसार त्यसको मृत्यु शव फेला परेको करिब ४/५ घण्टा अगाडि भएको हुन सक्छ ।

प्रकृति पनि एउटै मंगलबार पर्साबाट २ वटा शव फरकफरक ठाउँबाट फेला प¥यो । प्रहरीले वीरगञ्जबाट भेटिएको एउटा शवलाई आत्महत्याको ठहर गर्दैछ भने जगरनाथपुरबाट भेटिएको शवलाई हत्या भएको जनाउँदैछ ।

यही तर्कमा प्रहरीको अनुसन्धान चलिरहेको छ । तर यहाँ गम्भीर कुरा के देखिएको छ भने लगभग एउटै समयमा फेला परेको शवको प्रकृति पनि एउटै अवस्थाको छ । अर्थात् यी २ वटै शव अर्धनग्न अवस्थामा भेटिएका छन् ।

एउटै समय र प्रकृतिले घटना भएको प्रश्न तेर्सिए पनि २ वटै घटनाबीच आपसी सम्बन्ध नरहेको पर्सा प्रहरी बताउँछ । प्रहरी प्रवक्ता कुमारविक्रम थाले भने,‘समय र प्रकृति एउटै भएपनि त्यो संयोग मात्रै हो, कहिलेकाँही यस्तो हुन्छ । त्यही भएको हो । हाम्रो अनुसन्धान जारी छ। चाँडै नतिजा पनि आउँछ ।’


सम्बन्धित समाचार