Logo

३ असोज,महोत्तरी । महोत्तरीमा भारीमात्रामा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएअनुसार दुई क्विन्टलभन्दा बढी गाँजासहित दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय जिवन तामाङ र महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय सुरेन्द्र दास रहेको महोत्तरी प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरिले जानकारी दिए ।

बुधबार जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित महादेव मन्दिर नजिक जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको गस्ति टोलीले बा प्र ०१–०२६ च ४९२१ नम्बरको पिकअप भ्यानलाई शंकाको आधारमा चेकजाँच गर्नेक्रममा लुकाईछिपाई राखिएको लागूऔषध गाँजा १४ पोकामा अन्दाजी २१० किलो बरामद भएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गिरिले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।


सम्बन्धित समाचार