Logo

४ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ बस्ने ३४ वर्षीय अजित तामाङ रहेका छन् ।

रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेको अवस्थामा प्रहरीले उनलाई रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा तामाङ सवार प्र २–०२–००४ प ७४९५ नम्बरको स्कुटरको सिटमुनी कालो प्लाष्टिकभित्र लुकाएर राखिएको अवस्थामा लागुऔषध फेला परेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

उनको साथबाट लागुऔषध ओनेरेक्स १ सय एमएलको ६९ बोतल फेला परेको प्रहरीको दाबी छ । पक्राउ परेका उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार