Logo

४ असोज,वीरगञ्ज । वीरगञ्ज छपकैबाट फेला परेको अरबिन्द कुमार सर्राफको मृत्यु प्रकरणमा नयाँ ‘ट्विस्ट’ आएको छ ।बेवारिसे अवस्थामा फेला परेको अर्धनग्न सर्राफको शवलाई सुरुमा आत्महत्या बताउँने प्रहरी नै मृत्युको दोषी रहेको पाइएको छ ।कारण– सर्राफको मृत्यु हुनु भन्दा पहिला उनको साथीसंग विवाद परेको थियो जुन छपकैया ‘बीट’लाई जानकारी थियो । तर त्यसको बाबजुद पनि प्रहरी गम्भीर नहुँदा सर्राफको मृत्यु हुन गयो ।
के भएको थियो घटना ?
मृतक सर्राफ कलैया – निवासी हुन । उनी बिहानै खाना खाएर घरबाट निस्केका थिए वीरगञ्ज । दिनभरि बीरगन्जमै बसेर उनी आफ्नो जे काम थियो त्यसलाई फत्ते गरे ।
त्यसपछि उनी साथीसंग कतै लागुऔषध सेवन गर्न गए ।

मृतक सर्राफ पहिलादेखि नै लागुऔषधको सेवनकर्ता भएकाले धीत मर्ने गरी लागुऔषध सेवन गरे । अनि वीरगञ्जमै बसे । राती परेपछि उनी छपकैयाँमा पुगे । जहाँ भेट भयो–उनको छपकैयाकै ‘मौलबी’ नामले चिनिने साथीसंग । जुन भेट उनको लागि सुमधुर नभइ विवादमा परिणत भयो ।

अर्थात् ‘मौलबी’ भनिने ती साथीसंग मृतक सर्राफको राती करिब ११ बजेतिर विवाद प¥यो, पर्सको लागि । मौलबीको ‘पर्स’ थियो जसलाई मृतक सर्राफले आफ्नो दाबी गर्दैथिए । तर पछि वास्तविकता बुझेर छपकैयाँ प्रहरी बिटले त्यो पर्सलाई मौलबीलाई जिम्मा लगायो, विवाद सल्टियो ।

कसरी प्रहरी लापरबाही ?

मृतकको पारिवारिक सूचनाका अनुसार छपकैयाँ प्रहरी बिटमा विवाद चलिरहँदा मृतक सर्राफ पुरै अचेत अवस्थामा थिए । अर्थात् लागुऔषध सेवनको ‘नसा’ ले पूरै बेहोस थिए । हो, यही प्रश्न उठ्छ जब प्रहरीकै अगाडि अचेत अवस्थामा कसैले विवाद गर्दा त्यो विवादलाई सुल्झाएर किन अचेत अवस्थामा रहेको मान्छेलाई छाँड्यो ? आफ्नो नियन्त्रणमा किन लिएनन् अथवा घर परिवारलाई किन खबर गरेनन् ? हो,यही प्रहरी चुक्यो जुन गम्भीर लापरबाही भयो ।

प्रहरी बिटको यही गम्भीर लापरबाहीले सर्राफको ज्यान लियो । परिवार स्रोत भन्छ,‘सायद प्रहरी त्यो रात उनलाई आफ्नो नियन्त्रणमा लिएको भएँ छोराको ज्यान जाँदैन्थ्यो, ऊ बाँच्थ्यो ।’ स्रोतका अनुसार विवाद सल्टाएर प्रहरीले दुबै जनालाई घर पठाइदियो । अनि अचेत अवस्थामा रहेका सर्राफको राती मृत्यु भयो ।

स्रोतका अनुसार मृतक सर्राफको एक ४ वर्षिया छोरी छन् । श्रीमतीको भने अघिल्लो वर्ष मात्रै मृत्यु भएको परिवारजनले जनाएको छ ।
‘बीट’ले सूचना किन लुकायो ?
मृतक सर्राफबारे हिजोसम्म पर्सा प्रहरी बेखबर थियो । कारण–उनीसंगै परिचय खुल्ने काँगजात थिएन,जसकारण प्रहरीलाई तनाव थियो । तनाव दूर गर्न प्रहरीले शव पहिचान नभएको भन्दै सूचना पनि जारी ग¥यो । जुन सूचनाले फाइदा मात्रै भएन, पहिचानसहित धेरै कुरा खोलिदियो । तर यति गर्दासम्म छपकैयाँ प्रहरी बीट भने मौन थियो । किन मौन थियो यहाँ गम्भीर सवाल उठेको छ ।

नउठोस् पनि कसरी, जब छपकैयाँ प्रहरी बीटलाई मृतकबारे सबै कुरा जानकारी थियो,अनि किन आफ्नो मुख्यालयलाई जानकारी गराएन ?
तथ्यले भन्छ–त्यो जानकारी गराएको भए पर्सा प्रहरीले मृतकको पहिचानका लागि सूचना निकाल्नै पर्दैन्थ्यो, अनुसन्धानको शैली फरक हुन्थ्यो ।

जानकार भन्छन्–त्यसकारण यो घटना जेसुकै कारणले भएतापनि प्रहरी बिटको यी २ वटा लापरबाहीले गम्भीर सवाल खडा गरदिएको छ । यही २ असोजमा बीरगन्जको छपकैयाँबाट सर्राफको शव फेला परेको थियो ।
के भन्छ प्रहरी ?
पर्सा प्रहरीको यसमा खासै प्रतिक्रिया छैन । प्रहरी प्रमुख कोमल शाहले यसरी घटना भएको बारेमा आफूहरुलाई जानकारी नभएको जनाए । उनले भने,‘अहिलेसम्म हामी स्थानीयको भनाइ अनुसार अनुसन्धान गरिरहेका थियौं, तर अब प्रहरीको लापरबाहीको बारेमा पनि बुझ्छु । यदि लापरबाही पाइयो भने त्यही अनुसारको कारबाही प्रक्रिया अगाडि बढाइन्छ ।’

 


सम्बन्धित समाचार