Logo

४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यालयमा पठनपाठन सुचारु नगरे कारवाही गर्ने उर्दी दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालयको पठनपाठन ठप्प गरि आन्दोलन गरिरहेका शिक्षकमाथि तत्काल पठनपाठन सुचारु नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

पौडेले जारी गरेको सूचनामा विद्यालयको पठनपाठन नै ठप्प पारेर आन्दोलन नगर्न शिक्षकहरुलाई आग्रह गरिएको छ । साथै यथाशिघ्र विद्यालयमा फर्किएर पठनपाठन सुचारु गर्न विज्ञप्तीमार्फत उहाँले आग्रह गर्नुभएको छ ।

महानगरले विद्यालयको पठनपाठन नै अवरुद्ध हुने गरी भइरहेको शिक्षकहरुको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालयको पठनपाठन बन्द हुदाँ संविधान प्रदत्त मौलिक अधिकारबाट बालबालिकाले पाउनु पर्ने शिक्षाबाट बञ्चित भएकोले उक्त मौलिक अधिकारबाट बालबालिकालाई बञ्चित नगराउन आन्दोलनरत शिक्षकहरुलाई विज्ञप्तीबाटै सचेत गराएको छ ।


सम्बन्धित समाचार