Logo

५असोज,काठमाडौं । बाँकेको एउटा बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गए राति झडप हुँदा एक जनाको मृत्यु भएको बाँकेका डीएसपी तथा प्रवक्ता नारायण डाँगीले बताए।

झडपमा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको भने उपचारको क्रममा निधन भएको डीएसपी डाँगीले जानकारी दिए। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा रहेको प्रहरीले जनाएको छ।

झडपमा घाइते १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुधार गृहमा रहेका दुई पक्ष झडपमा उत्रँदा बाल सुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो। स्थिति अहिलेसम्म तनावग्रस्त नै रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार