Logo

५ असोज,पर्सागढी। पर्साको पर्सागढि नगरपालिकाको २ वडामा टावर र सोलारलाईट अहिले बिग्रिएको छ । करिब एक महिना भन्दा बढीदेखि यी २ वडाको टावर र सोलारलाइट बिग्रिएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार पर्सागढीको वडा नम्बर १ र ३ मा रहेको करिब आधी दर्जन टावर र सोलारलाइट बिग्रिएका छन् । वडामा रहेको २ वटै लाइट बिग्रिदा रातीमा स्थानीयलाई सास्ती हुने गरेको उनीहरुको गुनासो छ जसकारण अहिले उनीहरु अध्याँरोमा बस्न बाध्य रहेका छन् ।

टावरलाइट बिग्रिएकोबारे आफ्नो पालिकालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको दुखेसो छ । वडा नम्बर ३ का हरि पौडेल भन्छन्,‘बड्निहारको मुख्य चोकमा रहेको टावरलाइट एक महिनादेखि बिग्रिएको छ, जसको जानकारी नगरपालिकामा पनि गराइसकेका छौं ।

तैपनि यसको मर्मत भैरहेको छैन ।’ संघिय सांसद, प्रदेश सांसद र पर्सागढि नगरपालिकाको सहयोगमा विभिन्न स्थानहरुमा टावरलाइट र सोलार बत्ती जडान गरिएको छ ।

टावरलाइट बिग्रेको सन्दर्भमा रेस खबरले पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकसंग लिएको प्रतिक्रियामा उनले भने,‘टावरलाइट जडान गर्ने प्राविधिकहरु नै सम्पर्कविहिन भएका छन्,जसकारण मर्मत हुन सकिरहेको छैन । तर चाँडै समस्या समाधान हुन्छ ।


सम्बन्धित समाचार