Logo

६ असोज,वीरगञ्ज । वीरगञ्जको घण्टाघर चोकमा वीरगञ्ज हिन्दु समाजले टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच विवाद भएको छ । उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारी बिच विवाद भएको हो ।

भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको छ । अहिले स्थिती नियन्त्रणमा रहेको बताइएको छ । बीरगन्ज हिन्दू समाजले आज वीरगञ्ज बजार ठप्प पारेको छ । सर्लाहीको मलंगवामा भएको दुई पक्षबीचका विवादलाई लिएर आज बीरगन्ज बजार बन्द गरिएको हो । सर्लाहीको मलंगवा घटनाको दोषीलाई कारबाही गर्न समाजले माग गरेको छ ।

बन्दलाई सफल बनाउँन बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुस नगर परिक्रममा गरेको थियो । महानगरको मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द गराएका छन् ।

बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि ठप्प छन् । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको बीरगन्ज हिन्दू समाजले जनाएको छ ।


सम्बन्धित समाचार