Logo

६असोज,जनकपुर । नेकपा एमालेले मधेश प्रदेशमा यही असोज २४ गतेदेखि जनकपुरधाममा अधिवेशन गर्ने भएको छ ।
यही असोज २४, २५ र २६ गते जनकपुरधाममा हुने एमालेको मधेश प्रदेश अधिवेशनको तयारीमा जुटेका छन् । तयारीका लागि एमालेले विभिन्न समिति उपसमितिहरुसमेत गठन गरेको छ ।

एमालेका मधेश प्रदेश प्रचार विभाग प्रमुख शोम शर्माले जनाएअनुसार प्रदेश अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा प्रतिनिधि छनोट तथा व्यवस्थापन समिति, प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ ।

भने कमलकिशोर चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, शिवशंकर साह हिराको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, मोहम्मद कायथको संयोजकत्वमा आवाश व्यवस्थापन समिति तथा शोम शर्माको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको उनले बताए ।
त्यस्तै पोलिटव्युरो सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली महतो र अच्युत मैनाली रहेको प्रतिनिधि छनोट, व्यवस्थापन तथा सुपरिवेक्षण अनुगमन समिति समेत गठन गरिएको उनले बताए ।

उनले अगामी असोज ११ गते अधिवेशनको मूलनारा सहितको बैनर र लोगो सार्वजनिक गरिने जानकारी दिए ।
यस प्रदेश अधिवेशनबाट दलित, आदिवासी जनजाती, महिला, युवासहितका कलस्टर र विधिभन्न जनवर्गीय संगठनबाट प्रतिनिधित्व हुने गरी २३५ सदस्य प्रदेश कमिटी चयन गरिने छ ।

यस अधिवेशनका लागि १५० स्वयंसेवक र ५० जना परिवेक्षक परिचालन गरिने छ । जनकपुरधाम स्थित महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रमा प्रदेश अधिवेशनको उद्घाटन सत्र असोज २४ गते हुने जनाइएको छ । यस प्रदेश अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

उनले अधिवेशनका लागि आठवटै जिल्लामा रहेको करिब ६० हजार सक्रिय सदस्य मध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ भने असोज १३ गते मधेश प्रदेशको १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम रहेको बताए ।
प्रदेश अधिवेशनलाई सभ्य र भव्य बनाउनका लागि नेकपा एमाले संसदीय दलको बैठकसमेत बसेको थियो ।


सम्बन्धित समाचार