Logo

६ असोज,बारा ।बारामा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जना मानिसको मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया बस्ती जाने सड्कमा नाम थर वतन नखुलेका करिब ५५ बर्षिय एक पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मानिस मृत्यु भएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले जंगली हात्तीले आक्रमण गरेको, शरिरमा हात्तीले लछारेको जस्तो देखिएको अबस्थामा लास फेला परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनुभएको छ ।

शबलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको छ ।


सम्बन्धित समाचार