Logo

७ असोज,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा मृत फेला परेकी कान्ती देबी बिनकोे हत्या लेनदेन र लुटपाटको मनसायबाट ‘प्रेरित’ भएको देखिएको प्रहरीले जनाएको छ । मसिहानी वडा नम्बर ५ मा एक्लै बस्दै आएकी कान्ती २ असोजमा आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

घटनाको भोलीपल्ट कान्ती घरबाट ननिस्केपछि स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर आएको थियो।
प्रहरीलाई खबर आउने बितिकै पर्सा प्रहरीको टोली घटनास्थलमा पुग्यो । त्यसपछि मुचुल्का उठाइरहेको प्रहरीलाई थुप्रै आधार फेला प¥यो जसबाट केले र कसले हत्या गरेको ? लगभग प्रहरी यसमा ‘क्लियर’ भयो ।

अर्थात् धारिलो हतियारको प्रयोगले हत्या भएको घटनाको प्रकृतिले देखायो । अनि प्रहरीले यही आधारमा आफ्नो अनुसन्धान पनि सुरु ग¥यो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनास्थलको मुचुल्का उठाइरहँदा त्यही रहेको एकजना आफन्तको हाउँभाउँ,चालचलनमा भिन्नता पायो । त्यसकारण सुरुमा प्रहरी अनुसन्धान उनै ब्यक्तिबाट सुरु भयो,जो थिए मृतकका नाता पर्ने लालबाबु बिन ।

प्रहरीका अनुसार बिन नातामा मृतकका देवर पर्ने रहेछन् । अनुसन्धानका लागि सुरुमा बिनलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीलाई लागेको शंका पुष्टि हुँदै गयो तब, जब बिनले आफै स्वीकार गरे हत्यामा संलग्नताबारे ।

स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धान बिनले भने,‘यो हत्या हाम्रो संलग्नतामा भएकोछ, तीनजना मिलेर गरेका हौं,लुटपाटको नियतले जाँदा उसले थाहा पाइ अनि पछि हाम्रो वास्तविकताबारे सबैलाई थाहा पाउँलान भनेर हामीले प्रहार ग¥यौं जसबाट उनको मृत्यु भयो ।’

यही बयानको आधारमा थप अनुसन्धान अगाडि बढाउँदा प्रहरीले नातामा देवर पर्ने बिनसहित मृतकका जेठाजु र अन्य एकजनालाई ग¥योे ।
मृतक बिनका हत्यामा संलग्न धेरै आधारहरु देखिएको भन्दै तीनैजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गर्दै आइरहेको छ ।

विदेशबाट पैसा आएकै बेला हत्या

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयान छ–‘विदेशमा रहेको छोराले पैसा पठाएको हामीलाई थाहा थियो, पैसा घरमै राखेको छ भन्नेसमेत खबर थियो । त्यही खबरका आधारमा हामीले पैसा लुट्ने योजना बनायौं । जसलाई मूर्तरुप दिन हामी राती सबै सुतिसकेपछि उसको घरमा गयौं। तर ऊसले थाहा पाइ,चिनिसकेसमेत भनेर बोली अनि हामी डराएर उसमाथि प्रहार ग¥यौं । जसकाकारण उसको मृत्यु भयो।’

प्रहरी अनुसन्धानमाथि प्रश्न
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुको अहिलेसम्म यही बयान छ । यो बयानमा उनीहरुले धारिलो हतियार (रड र हसिया) को प्रयोगले हत्या गरेको बताएका छन् । जुन अहिलेसम्म फेला परेको छैन । कहाँ छ हत्यामा प्रयोग भएको हतियार भन्ने प्रहरी प्रश्नमा उनीहरुले बताएको ठाउँमा समेत ‘सर्च’ गर्दा ती हतियारहरु फेला पर्न सकेको छैन ।

स्रोतका अनुसार हतियारहरु फेला नपरेकै कारण अनुसन्धानमा प्रहरीलाई कठिनाइ आएको छ । त्यसकारण प्रहरीमा कसरी जाने भन्ने अन्यौलता बढेको छ । जसले गर्दा पक्राउ परेकाहरुको बारेमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा प्रहरीले भनिरहेको छ–परेकाहरुमाथि अनुसन्धान जारी छ , छिट्टै सार्वजनिक गर्छौं ।

प्रहरीले घटनाका दोषीलाई सार्वजनिक नगर्दा अनेक टिकाटिप्पणी सुरु मात्रै भएका छैनन् प्रहरी अनुसन्धानमाथि प्रश्न उठिरहेको छ । अपराधिक घटनाको अनुसन्धान गर्ने प्रहरीको पहिलो र अनिवार्य जिम्मेवारी पनि हो ।

अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले विश्वमा अब्बल आफ्नो परिचय बनाइसकेको छ । तर जानकारले भन्छ–यो घटनाले पर्सा प्रहरीमा अनुसन्धानको सवालमा विज्ञता हासिल गरेका प्रहरी कर्मचारीको कमी रहेको संकेत गरिरहेको छ ।


सम्बन्धित समाचार