Logo

फाइल तस्बिर

७ असोज,सेढवा । पर्सा प्रहरी ठूलो परिमाणमा लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीको टोली नेपालबाट भारततर्फ गइरहेको अवस्थामा जाँचको क्रममा ६४ वटा पोकामा रहेको लागुऔषध चरेश बरामद गरेको छ ।

प्रहरीले चरेशसहित ठोरी गाउँपालिकाको विजयबस्तीका क्षेत्रबहादुर श्रेष्ठलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जनाए । उनको साथबाट पक्राउ गरिएको मोटरसाइकलको नम्बर भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरी भनाइ छ ।

पक्राउ परेका चरेशसहित व्यक्ति र मोटरसाइकललाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको प्रहरी स्रोतले बताएको छ ।


सम्बन्धित समाचार