Logo

७ असोज,वीरगञ्ज । गृहमन्त्री नारायणीकाजी श्रेष्ठले पर्सा लगायत मधेश प्रदेशका जिल्लाहरुमा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनक घटना भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले पर्सा, सर्लाही लगायतका मधेस जिल्लाहरुमा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढंगले निर्णय लिनका लागि सरकारले तयारी थालेको जानकारी दिनुभयो ।

उहाँले प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गएकाले सरकारले नयाँ ढंगले निर्णय लिन लागेको उल्लेख गर्नुभयो ।

आज बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको सहभागितामा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरपूर्वक कार्य गरिरहेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार प्रशासनिक रूपमा निर्णय गर्न पनि सरकार गम्भीर छ । सुरुमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ कि भनेर कुरेको तर अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको गृहमन्त्री श्रेष्ठको तर्क छ ।


सम्बन्धित समाचार