Logo

८ असार,बारा । धारिलो हतियार प्रहार गरि बाराको पचरौता नगरपालिकामा एक युवकको हत्या भएको छ । धारिलो हतियार प्रहार पचरौता नगरपालिका– १ टोल पिपरपाती बस्ने ३३ बर्षिय अमरेश सिहको हत्या भएको हो ।

सोमबार बिहान साढे १२ बजेको समयमा सिँह नेपाल भारत सिमा नजिकै मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले शबलाई नियन्त्रणमा लिई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखेको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

सिँहको टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको उनले बताए । साथै सिँहको हत्या भएको आशँकामा सोधपुछको लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको तथा घटनाको सम्बन्ध थप अनुसन्धान भईरहेको न्यौपानेले बताए ।


सम्बन्धित समाचार