Logo

९ असोज, कलैया बारा । बारामा एक युवकको हत्या भएको छ। पचरौता नगरपालिका ६ बेलदारीमा युवकको हत्या भएको प्रहरीले जनाएको छ।

करिब २२ बर्षीय युवकको अज्ञात समुहले हत्या गरेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी गराउनु भयो। बेल्दारी नहरको बाटोमा पर्ने लक्ष्मीनिया पोखरी नजिकै परिचय खुल्न नसकेको युवकको हत्या भएको बारा प्रहरीले जनाएको छ।

युवकको कानबाट रगत निस्केको अवस्थामा लास फेला परेको र तालिम प्राप्त कुकुरको सहयाताले अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ।एकदिन अघि पचरौता नगरपालिकामै सशस्त्र प्रहरीका एकजना पुर्व जवानको हत्या भएको थियो।

पूर्व प्रहरीकाे हत्यामा ४ पक्राउ

नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा एक पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पँचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ । घटनास्थलमा पुगी बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भारतीय समकक्षीहरूसँग पनि सोधपुछ गर्नुभएको छ । घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार रहेका छ ।


सम्बन्धित समाचार