Logo

१० असोज,जनकपुर ।मधेश प्रदेश सरकारले ‘मोहम्मद डे’ भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद बैठकले भोली (बिहीबार) प्रदेशभरि बिदा दिने निर्णय गरेको हो ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ– ‘मुस्लिम समुदायको धर्म प्रचारक ‘पैगम्बर मोहम्मदको जन्म दिन परेको छ, यही अवसरमा असोज ११ गते सार्वजनिक विदाको निर्णय गरिएको छ ।’

गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले एक विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी गराएका हुन् ।


सम्बन्धित समाचार