Logo

१० असोज,जनकपुर । मुलुकको राष्ट्रिय जनावर गाईको देशव्यापीरुपमा श्रृंखलावद्धरुपमा हत्या भइरहेको भन्दै यसप्रति जानकी मन्दिरले आफ्नो ध्यानार्षण भएको जनाएको छ ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मुलुकमा जथाभावीरुपमा गौहत्या भइरहँदा पनि राज्यले राष्ट्रिय जनावरसमे रहेको हिन्दु धर्मको माताको प्रतिक गाईलाई जोगाउन नसकेकाले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मन्दिरका उत्तराधिकारी रामरोशन दासले धरानदेखि खोटांगसम्म हत्या हुँदा पनि सरकारले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै तत्काल आन्दोलन गर्ने चेतावनी समेत दिए ।

उनले गौहत्या श्रृंखलावद्धरुपमा बढ्दै गइरहेकाले यही असोज १२ गते शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेर सचेत गराउने कार्यक्रम रहेको बताए ।

उनले सनातन हिन्दु धर्म तथा गौमातालाई संंरक्षण गर्न र रक्षाका लागि जनकपुरधाममा विरोधसभा गर्न लागेको बताए ।
यसको लागि व्यापक आन्तरिक तयारीसमेत भइरहेको भन्दै उनले भने, ‘हाम्रो विरोधको बावजुदपनि सरकारले गौहत्यारालाई कारवाही नगरेमा कडा आन्दोलन गर्ने छु ।


सम्बन्धित समाचार