Logo

वीरगञ्ज महानगरपालिका वडा नं १६ गहवा की बब्ली देवीले तरकारी बेचेर आफ्नो जिवन चलाई रहेको २१ बर्ष वितिसकेको छ । बिवाहको केहि वर्ष मै श्रीमानको मृत्यु भयो । आफू जवानी हुदै श्रीमानको मृत्यु भएपनि बालबच्चाको सम्झनाले अर्को विहे गर्न सकिनन् । उनले भनिन् “श्रीमानको मृत्यु हुदाँ अर्को बिहे गर्न सक्थे तर त्यसो गरिन समाज, परिवार र बच्चालाई पनी हेर्नु थियो । श्रीमानको मृत्यु भएपछि आफ्नो बच्चाको पालन पोषणको लागी तरकारी व्यवसायी गर्दै आएकी बब्लीदेवी ६२ वर्षको उमेरमा पनी आफै कमाएर आफनो जिवन चलाई रहेकी छिन । ‘उनी भन्छिन्’ बिहानको ६ बजे पसल खोलेर बस्दा पनी व्यापार हुदैन, पहिला जस्तो छैन, अहिले ३ सय देखि ५ सय मात्र आम्दनी हुन्छ, घर चलाउन समेत धौ धौ परेका छ ।

मिनाबजारमा तरकारी व्यवसाय गर्दै आएकी बब्लीदेवीले कमाएको झण्डै एकचौथाई पैसा सार्वजनिक शौचालयलाई बुझाउनु पर्छ । मिनाबजारमा भाडामा ठाउँ किनेपनि शौचालय प्रयोग गरे वापत छुट्टै रकम बुझाउनु पर्छ । बजार राखेबापत ठेकदारलाई भाडा बुझाएपछि शौचालय त दिनु पर्ने हो त्यो पनि पैसा तिर्नुपर्ने बाध्यता छ । खोई नगरपालिकाले के गरेको हो हामीले बुझ्नै सकिएन । बजारमा दिनको १० देखि १२ घण्टा तरकारी पसलमा बस्ने गरेको बब्लीदेवीको भनाई छ । सार्वजनिक शौचालयमा दिशाको १५ र पिसाब गरेको १० रुपियाँ लिनेगरेको छ ।

बब्लीदेवीले करिव तीन दशक देखि वीरगञ्जमा तरकारीको व्यापार गर्दै आएकी छन । तर उनलाई स्थानीय सरकारको तर्फबाट कुनै सुविधा नभएको गुनासो गरिन । जबकी महानगरपालिकाको बजेटमा एकल महिलाको लागि बजेट राखेको हुन्छ भन्ने सुनेकी छु, उनी भन्छिन, “के गर्ने आकाशको फल आँखातरि मर” भने जस्तै भएको मलाई त ।। वीरगञ्ज महानगरपालिकाले महिला सशक्तिकरण र उद्यशीलता वृद्धिका लागी कार्यक्रम संचालन ल्याएको छ । तर व्यापार गर्न महिलालाई बजारमा बस्ने, व्यापारमा सहजिकरण गर्ने वा व्यापारी महिलालाई हुने व्यक्तिगत समस्याको लागी समेत शौचालयको व्यवस्था नदिएको व्यापारी महिलाहरुको गुनासो छ । ‘उनले भनीन्’ पालिका वा वडाबाट हामिलाई कुनै सेवा पाएको छैन । जबकी महानगरका मेयर राजेशमान सिहंले चुनावको बेला भनेका थिए की बजारमा व्यापार गर्दा कुनै शुल्क लाग्दैन । तर त्यसो भएको छैन, बजारमा व्यापार गर्दा एउटा टोकरीको २ सय रुपैया ठेकेदारले लिने गरेको छ । हामीले यस बारेमा मेयर संग कुरा गर्दा चाडै यसको समस्या समाधान गर्ने भनेका थिए । तर अहिले सम्म समाधान भएको छैन ।

महिला भएर बजारमा व्यापार गर्नमा पुरुष भन्दा पनी धेरै चुनौती रहेको उनको भनाई छ । ‘उनले भनिन्’ पुरुषले त जती काम गर्छ त्यती काम हामी महिला भएर गर्न सक्दैनौ, हामी संग भारी सामानहरु उठाउन सक्दैनौ, बजार गर्दा हामी महिलाई समाजले राम्रो नजरले र्हेदैन, छरछिमेकीले नराम्रो भन्छन, हामी संग कुराकानी गर्दैनन् । हामीलाई आफ्नो समाजको मान्दैनन् । हामीलाई यो पेसामा आउन कुनै रहर छैन तर आफ्नो घर परिवार चलाउनको लागी यो भन्दा सहज बाटो कुनै छैन । थेरै लगानीमा आफ्नो घर र बालबच्चाहरुको पालनपोषण गर्न सक्ने एउटा महिलाको लागी यो भन्दा अरु बाटो छैन ।

पार्वतीदेवी

बारा जिल्लाको जगरनाथपुर घर भई पर्सा जिल्लाको वडा नं १६ घुसुकपुरमा २५ वर्ष देखि भाडाको घरमा बस्दै आएकी पार्वती देवी तरकारी व्यापार गरेर आफ्नो घर चलाई रहेकी छन् । घरछोडेर निस्कनु पर्ने पीडा बोकेकी उनले जीवन चलाउन तरकारी व्यवसायमा लागेकी हुन । बिहेको केहि वर्ष मै सासु सशुराले घरबाट निकाली दिएपछि वेसहारा जस्तो भएको आफ्नो जीवनलाई तरकारी व्यापारले भरथेक हुदै आएको छ । जीवनभरी साथ दिन्छु भनेर विहेगरेको श्रीमानले समेत घोका दियो । अव कसैको भर गर्न हुन्न भनेर बच्चाबच्ची लिएर तरकारी पसलबाट गुजरा चलाउदै आएको पार्वतीदेवीको भनाई छ ।
वीरगञ्ज महानगरपालिकाको मिना बजारमा अहिले व्यापार खासै चल्दैन । ‘उनीको भनाई थियो’ बिहान देखि राती ८ बजे सम्म बस्छु तर व्यापार हुदैन, कहिले हुन्छ त कहिले हुदैन, व्यापारले कहिले काँही त खाने रकम समेत जुट्न सक्दैन । आफ्ना दुई छोरी र छोरालाई समेत व्यापारमा लगाएको उनको भनाई छ । मैले आफ्नो जिवनको कमाई आफ्नो बच्चाहरुमा लगाए, उनले भनिन् । बिवाह भएर पनी अबिवाहित महिला भएर आफ्नो जिवनलाई यहाँ सम्म ल्याउनमा मैले धेरै समस्या भोग्नु परेको छ । मधेसको महिलाहरुलाई घर देखि बजार सम्म खट्नु पर्छ । यहाँका अधिकांस महिला तरकारी व्यवसायी गरेको पाइन्छ । कसैको श्रीमान रक्सी सेवनबाट ग्रसित छन, त कसैलाई श्रीमाननै छोडि सकेका छन् भने कतिपय महिलाका श्रीमानको मृत्यु भईसकेको छ । व्यापार गर्ने महिलाको लागि स्थानीय सरकारबाट आएको बजेटबाट पनी उनीहरु माझ पुग्दैन किन ?

पान कुँवर

महोत्तरी जिल्ला घर भई हाल वीरगञ्ज महानगरपालिका वडा १४ की पान कुवँरले पछिलो दुई दशक देखि वीरगंञ्जको चिनीमिल पिपरामा बसोवास गर्दै आएकी छिन । कुवँरले पछिलो एक दश वर्ष देखि तरकारी व्यापार गर्दै आएको बताइन । उनको उमेर भने ४५ वर्ष छ । वीरगंञ्जमा रहेको तरकारी बजार अहिले तिन ठाउँमा अस्थायी र हप्तामा लाग्ने बजारको कारण व्यापारमा समस्या भएको देखिन्छ । ‘उनले भनिन्’ सुरुमा व्यापार गर्दा आम्दनी राम्रो हुन्थ्यो तर अहिले भने २ सय देखि ४ यस मात्र हुन्छ, बिहानको ४ बजे हेटैडाको तरकारी बजारबाट सामान किनेर ल्याउदाँ धेरै मेहनत हुन्छ, तर कमाई भने कम हुन्छ, बिहान देखि राती सम्म बस्दाँ पनी लगानि गरेको रकम पनी आउदैन । श्रीमान नभएपनि उनले आफ्नो घरपरिवारमा एउटा छोरी र दुईवटा छोरा गरी चार जनाको परिवार रहेको छ । बजारमा तरकारी व्यापारबाट आएको पैसाले बच्चाहरुको पालनपोषण गर्ने गरेकी छन् । उनले भनिन्, अहिले व्यापार गरेर घर चलाउन घरै समस्या छ ।
व्यापारमा समय, मेहनत र लगानी पनी त्यस्तै हुन्छ । बच्चाहरुलाई स्कुल पढाउनु कुनै सानो कुरो होइन । महिना मरि सकेपछि स्कुलको पैसा तिर्नको लागी फोन आउने गरेको हुन्छ । अब ब्यापार नै त्यस्तै छ । घरमा राखेको गहनाहरु बेचेर व्यापार र घरमै लगाई सकेको छु । श्रीमान त छोडेर जानु भयो तर म यो बच्चाहरुलाई छोडेर कहाँ जाउँ ? बच्च र पेटको लागी त काम गर्नु नै प¥यो, आफ्नो मात्र नभइ बच्चाहरुको लागी गर्नु नै पर्छ । महिला भएर पनी उनीहरुले आफ्नो घरपरिवारमा यती व्यस्त हुने भएकोले व्यापार गर्दा खानाको समेत समय हुदैन । ‘उनले भनिन’ बेलुका तरकारी बेचेर हेटौरा जान्छु, त्याहाँबाट सामान किनेर ल्याउछु, महिलालाई सय व्यापारमा गर्न धेरै समस्या छ । महिलालाई बजारमा व्यापार गर्न भने पनि सबै भन्दा ठुलो समस्या भने शौचालयकै छ । व्यावस्थित बजार हुदाँ पनि शौचालय व्यावस्थित छैन । अव्यवस्थित बजारमा भने शौचालय छैन ।

गीता कुमारी

वीरगञ्जमा व्यापार गर्ने महिलाहरुले भने सुविधाजनक व्यापार गर्ने ठाउँ फेला नपारेको बताउछन् । उनीहरुको लागी महानगर वा वडाले समेत केही सहयोग नगरेको वडा नं ११ की गिता देवीको भनाई छ । उनले भनिन् तरकारी व्यापारमा सबै भन्दा ठुलो समस्या भने पहिला जस्तो बिक्री नै छैन । अहिलेको भन्दा पहिला नै ठिक थियो किन की त्यतीवेला कुनै प्रकारको भाडा लाग्ने थिएन तर अहिले भाडा तिर्दा बचत नै हुदैन । अनि के कमाउने के खाने के लगानी लगाउने ? बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा बापतको भत्ताको रकम समेत व्यापारमा लगाउने गरेको उनको भनाई छ ।

सडक व्यापारीको लागि महानगरको योजना के छ ?

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल

वीरगञ्ज महानगरपालिकाले भने आर्थिक वर्ष ०८०÷०८१ को बजेटमा महिलाहरुको लागी राम्रो कार्यक्रम ल्याएको महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । यस पटकको बजेटमा महानगरपालिकाले महिलाहरुको लागी अघिल्लो बजेटको तुलनामा धेरै विषयमा प्राथमिकता दिएर बजेट विनियोजन भएको पौडेलको भनाई छ । महानगरपाकिाले महिलाको सिप र क्षमता अभिबृद्धिगरी सामाजिक जागरण र सशक्तिकरणका कार्यक्रम ल्याइएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भयो । ‘उनले भने’ वीरगञ्ज महानगरपालिकाले महिलाहरुको उद्यमसिलता बिकास र क्षमता अभिवृद्धिकालागी बिभिन्न किसिमका तालिमलाई बजेट कार्यक्रममा समावेश गरेका छौँ । र वहाँहरुलाई सक्षम बनाई सकेपछि व्यवसायी संचालन गर्न चाहने महिलालाई आवश्यक सिट मनी वा पुँजीगत सहयोग रकम उपलब्ध गराउदै आएको बताउनु भयो ।


सम्बन्धित समाचार