Logo

११ असोज,वीरगञ्ज । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज प्रदेशैभर सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको छ ।

०७९ साल चैत ९ गते बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार