Logo

फाइल तस्विर

११ असोज, सर्लाही । सर्लाहीमा चितामा जलाउन लागेकोे शव प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या गरेकी एक विवाहित महिलाको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नं. १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणम लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।

मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थाबाट मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिनुभयो । घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि पक्राउ गरेको छ । मनिषाका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताउनुभयो ।

आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए । घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ । सर्लाहीकै कविलासी गाउँपालिका(३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।

सर्लाहीकै कविलासी गाउँपालिका–३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो । माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको दाबी गरेका छन् ।


सम्बन्धित समाचार