Logo

११ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रले धार्मिक तथा सामाजिक सदभाव कायम राख्न सबै पक्षसँग सम्वाद गर्न पहल कदमी लिने निर्णय गरेको छ । मधेसका अधिकांश जिल्लामा देखिएको अवस्थालाई आकलन गर्दै माओवादीले धार्मिक र सामाजिक सदभाव कायम राख्न संवाद गर्ने निर्णय गरेको हो

त्यसैगरी संसदमा दर्ता भएको शिक्षासम्बन्धी विधेयक सबै पक्षसँग परामर्श गरी परिमार्जन गर्ने निष्कर्ष निकालेको छ । बिहीबार काठमाठौं उपत्यकामा उपलब्ध भएका पदाधिकारीहरूको अनौपचारिक बैठकले उक्त निष्कर्ष निकालेको हो ।

यस्तै पछिल्लो समय देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएको हातपात, धार्मिक तथा सांस्कृतिक दंगाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘आज बसेको अनौपचारिक बैठकले सरकारले संसदमा दर्ता गरेको विद्यायल शिक्षासम्बन्धी विधेयकमा गम्भीर छलफल भयो । सबै पक्षसँग परामर्श गरी विधेयक संशोधन गर्ने निष्कर्ष निकालेको छ’, उनले भने, ‘यस्तो देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएका हातपात, धार्मिक सदभाव खलबलिने, सामाजिक सदभाव खलबलिने विषयमा पार्टीको ध्यानाकर्षण भएको छ । त्यसलाई बेलैमा समाधान गर्ने तर्फ नगए ठूलो समस्या हुनसक्छ भनेर छलफल भयो ।’

धार्मिक तथा सामाजिक सदभाव कायम राख्न पार्टीले सबै पक्षसँग सम्वाद गर्न पहल कदमी लिने निर्णय गरेको छ । यस्तै पार्टीले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियानको विषयमा समीक्षा भएको उनले बताए ।


सम्बन्धित समाचार