Logo

११ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दुई महिनामा १० करोडभन्दा बढि राजश्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ०८०÷८१ को दुई महिनामा १० करोड ३८ लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो ।

राजस्व महाशाखाका प्रमुख मनोज कर्णका अनुसार महानगरले साउन महिनामा ६ करोड ३० लाख ३१ हजार ४४० राजस्व सङ्कलन गरेको थियो भने भदौ महिनामा ४ करोड आठ लाख २० हजार २१० गरी दुई महिनाको अवधिमा जम्मा १० करोड ३८ लाख ५१ हजार ६५० रुपैँया राजस्व सङ्कलन गरेको छ ।

महानगरले आर्थिक वर्षको भदौ महिनाको अवधिमा सम्पत्ति करमा दुई करोड ३० लाख ६ हजार ५४१, भूमिकर÷मालपोत करबाट १० लाख २१ हजार ७७९, घरबहाल करबाट ५० लाख ९६ हजार १११, बिटौरी करबाट दुई लाख ९० हजार, साना सवारीबाट पाँच लाख नौ हजार रुपैया राजश्व संकलन गरेको कर्णले जानकारी दिनुभयो ।

यसैगरी पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १४ हजार चार सय, व्यवसाय रजिस्टे«शन करबाट २८ लाख ८८ हजार एक सय, सरकारी सम्पत्ति बहालबाट दुई लाख १३ हजार ७५०, अन्य सेवा शुल्कबाट २५ लाख ६० हजार, प्रशासनिक सेवा शुल्कबाट एक लाख ७५ हजार रुपैँया राजश्व संकलन भएको छ ।

त्यस्तै नक्शापासबाट २१ लाख २८ हजार, सिफारिश दस्तुरबाट १९ लाख २५ हजार, व्यक्तिगत घटना दस्तुरबाट दुई लाख ७३ हजार र नाता प्रमाणितबाट दुई लाख ३४ हजार गरी भदौ एक महीनामा चार करोड आठ लाख २० हजार २१० रुपैया राजस्व सङ्कलन गरिएको महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार