Logo

११ असोज,वीरगञ्ज । बारामा १ करोड ३१ लख ९५ हजार २५ रुपैंया मूल्य बराबरको अवैध सामान बोकेको चारवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बारा जिल्लाको विभिन्न स्थानबाट विलविजक भन्दा बढी सामान लोड गरेको आशंकामा चारवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१ स्थित खटिएको प्रहरीको टोलीले वीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना.६.ख.७१ न.को ट्रक र बा.४.ख ११२५ नं.को ट्रक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त गाडीहरुमा क्रमशः ३५ लाख २७ हजार ४७४ र ३६ लाख ६२ हजार ९७२ रुपैंया मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाई छ ।

त्यस्तै वीरगंजबाट रुपन्देहीतर्फ जादै गरेको ना.४ ख ९०९१ न.को ट्रक र ना. ६ ख ३०२४ नं.को डिब्बा ट्रक जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २१ अमलेखगञ्जबाट नियन्त्रणमा लिएको हो । उक्त गाडीहरुबाट २४ लाख ९९ हजार ५७९ र ३४ लाख ९५ हजार मूल्य बराबरको सामान बरामद भएको बारा प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

बारा प्रहरीले पाएको विशेष सूचनाको आधारमा सो ट्रकहरुलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेकोले सामानहरु फेला परेको र आवश्यक कानुनी कारवाहीका लागि अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।

 


सम्बन्धित समाचार