Logo

१२ असोज,जनकपुर । राष्ट्रिय जनावर तथा हिन्दुधर्मावलम्बीहरुको मातास्वरुप रहेको गाईको हत्या भइरहँदापनि सरकारले केही नगरेको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
मुलुकमा श्रृंखलावद्धरुपमा गाईको हत्या भइरहेको भन्दै यसप्रति जानकी मन्दिरले आफ्नो ध्यानार्षण भएको जनाउँदै शुक्रबार जनकपुरधाम उपमहानगरमा विरोध प्रदर्शन गरेका हुन् ।

जनकपुरधाम स्थित जानकी मन्दिरबाट सुरु भएको विरोध प्रदर्शनले नगरमासमेत प्रदर्शन गर्दै राम चोकमा विरोधसभा परिणत भई समापन भएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले श्रृंखलावद्धरुपमा गौहत्या भइरहँदा पनि राज्यले राष्ट्रिय जनावरसमेत रहेको हिन्दु धर्ममा गौलाई माता भनिएतापनि राज्यले बेवास्ता गरेको आरोप लगाए ।

उनले गौ हत्यारालाई अविलम्ब कारवाही गर्नसमेत माग गरे ।
उनले धरानदेखि खोटांगसम्म हत्या हुँदा पनि सरकारले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै तत्काल आन्दोलन गर्ने चेतावनी दिए ।


सम्बन्धित समाचार