Logo

१३ असोज,वीरगञ्ज ।पर्साको बिन्दवासिनी गाउँपालिकाबाट एक जना महिलाको शव फेला परेको छ । बिन्दबासीनी गाँउपालिकास्थित नदीको किनारमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो ।

बिन्दबासिनी गाउँपालिका–२ ढोङ्गही खोलाको उत्तरतर्फ अन्दाजी ४० देखि ६० वर्षजस्तो देखिने एक महिलाको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

महिलाको शव सडिसकेको अवस्थामा रहेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिननुभयो । शब सडेको अवस्थामा फेला परेकोले पहिचान समेत गर्न नसकिएको उहाँको भनाइ छ ।

शव पोष्टर्माटमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


सम्बन्धित समाचार